सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलालीमा पहिरोपीडितलाई त्रिपाल र सोलार ‘प्यानल’ वितरण

२०८१ साउन १, ०१:४७ खबर संवाददाता

धनगढीः कैलालीमा पहिरोपीडितलाई त्रिपाल र सोलार ‘प्यानल’ वितरण गरिएको छ।

कैलालीको चुरे गाउँपालिका–४ स्थित बालुवागडामा बस्दै आएका ५२ परिवारलाई त्रिपाल वितरण गरिएको छ।  गाउँपालिकाले पाँच वर्षअघि पहिराले विस्थापित भएर जङ्गल नजिक बस्दै आएका ५२ पहिरोपीडित परिवारलाई त्रिपाल र २० परिवारलाई सोलार प्यानल वितरण गरेको हो।

गाउँपालिका अध्यक्ष चक्रबहादुर बोगटीले वर्षाका बेला पहिरोपीडित परिवार कष्टकर जीवन बिताउँन बाध्य भएकाले सहयतास्वरुप त्रिपाल र सोलार प्यानल प्रदान गरिएको बताए। उनले भने, ‘उनीहरूका आवश्यकताअनुसार सोलार प्यानल र त्रिपाल प्रदान गरिएको हो।

सबडिभिजन वन कार्यालयले वृक्षरोपण र तारबार गर्ने भन्दै पहिरोपीडित परिवारलाई बिचल्लीमा पारेको आरोप उनले लगाए। यसैगरी, चुरे गाउँपालिका–५ खानीडाँडास्थित भीमदत्त राजमार्ग सडक किनारमा आश्रय लिइरहेका १५ परिवालाई खाद्यान्न, त्रिपाल र सोलार प्यानल वितरण गरिएको छ।
 

कमेन्ट लोड गर्नुस