सुदूर नेपाललाई विश्वसँग जोड्दै

जम्मू कश्मीरमा क्याप्टेनसहित चार सैनिकको मृत्यु

२०८१ साउन १, १०:१४

जम्मू कश्मीरको डोडा जिल्लाको देसा जंगलको धारी गोटे उरारबागीमा आतङ्ककारीहरूले गरेको गोलाबारीमा सेनाका एक क्याप्टेन सहित चार सैनिकको मृत्यु भएको छ। घटनामा एक प्रहरीको पनि मृत्यु भएको छ। 

राष्ट्रिय राइफल्स र जम्मू कश्मीर प्रहरीले सोमबारदेखि त्यहाँ खोज अभियान चलाइरहेका थिए। खोजीका क्रममा आतङ्ककारीहरूले उनीहरूमाथि गोली हानेर भागेका थिए। जब सिपाहीहरूले उनीहरूलाई लखेटे पनि घना जङ्गलका कारण आतङ्ककारीहरूले सुरक्षा बललाई झुक्क्याउन सफल भएका थिए। 

सोमबार राति करिब ९ बजे फेरि गोली हानाहान भएको थियो। जसमा पाँच सुरक्षाकर्मी गम्भीर घाइते भएका छन् । उनीहरूको उपचारकै क्रममा मृत्यु भएको हो। मिडिया रिपोर्टका अनुसार कश्मीर टाइगर्स नामक आतङ्कवादी संगठनले आक्रमणको जिम्मेवारी लिएको छ। उक्त क्षेत्रमा अहिले पनि खोजी कार्य जारी छ।

सेनाले हेलिकप्टरबाट पनि आतङ्ककारीहरूको खोजी गरिरहेको छ। जम्मू डिभिजनको डोडामा ३४ दिनमा यो पाँचौँ भिडन्त हो। यसअघि जुन ९ तारिखमा भिडन्त भएको थियो। जुन २६ मा यहाँ एउटा र १२ जुनमा दुई आक्रमण भएको थियो। 

कमेन्ट लोड गर्नुस