सुदूर नेपाललाई विश्वसँग जोड्दै

दादुराले अफगानिस्तानमा १६० जनाको ज्यान गयोः डब्लुएचओ

२०८१ असार ३१, ०१:५५

एजेन्सीः अफगानिस्तानमा पछिल्लो ६ महिनामा दादुराका कारण कम्तीमा १६० जनाको मृत्यु भएको विश्व स्वास्थ्य संगठन डब्लुएचओ ले जनाएको छ।

प्रतिवेदनअनुसार चालु आर्थिक वर्षमा ३६ हजार ६१८ जनामा यो रोग लागेको छ भने १६० जनाको मृत्यु भएको छ। जसमध्ये ८१.१ प्रतिशत दादुराको शंकास्पद घटनामा पाँच वर्ष मुनिका बालबालिका र ४५ प्रतिशत महिला रहेका छन्। अधिकांश घटनाहरू पूर्वी अफगानिस्तानको खोस्ट प्रान्तमा रेकर्ड गरिएका छन्।

दादुराबारे चेतनाको अभाव, स्वास्थ्य सुविधामा पहुँचको अभाव, बालबालिकालाई खोप नदिने र अफगानिस्तानका केही दुर्गम क्षेत्रहरूमा अफगानीहरू एक ठाउँबाट अर्को ठाउँमा बसाईं सर्ने कारकहरू हुन्।
 

कमेन्ट लोड गर्नुस