सुदूर नेपाललाई विश्वसँग जोड्दै

सुदुरपश्चिमको भागमा चार मन्त्रालय

२०८१ असार ३१, ०१:०४ खबर संवाददाता

धनगढीः सुदुरपश्चिमबाट नयाँ मन्त्रीको रुपमा ४ जनाले सपथ लिएका छन्।

एमालेबाट एक र काँग्रेसबाट ३ जना मन्त्री भएका छन्। कांग्रेसबाट गृहमन्त्रीमा कञ्चनपुरका रमेश लेखक, परराष्ट्र मन्त्रीमा डाक्टर आरजु राणा देउवा र पर्यटन मन्त्रीमा बद्री पाण्डेले सपथ लिएका छन्।

एमालेबाट उद्योग वााणिज्य तथा आपूर्ति मन्त्रीमा दामोदर भण्डारीले सपथ लिएका छन्। एमाले र काँग्रेसबिच भएको नयाँ सहमति अनुसार एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री बनेका छन्। ओली नेतृत्वको मन्त्री मण्डलका २१ जना मन्त्रीहरुले सपथ लिइसकेका छन्।

कमेन्ट लोड गर्नुस