सुदूर नेपाललाई विश्वसँग जोड्दै

गौरीगंगामा मोटरसाइकलको ठक्करबाट एक जना घाइते

२०८१ असार ३०, ०९:५० खबर संवाददाता

धनगढीः कैलालीमा मोटरसाइकलको ठक्करबाट एक जना घाइते भएका छन्।

जिल्लाको गौरीगंगा नगरपालिका–१ मोहन्याल मन्दिर स्थित पश्चिमबाट पुर्वतर्फ जाँदे गरेको से २ प २७५९  नम्बरको मोटरसाइकलको ठक्करबाट एक जना किशोर घाइते भएका छन्। घाइते हुनेमा गौरीगंगाका १५ पर्षीय चन्द्र घर्तीमगर रहेका छन्।

उनको स्थानीय डिके मेमोरियल अस्पताल चौमालामा उपचार भइरहेको प्रदेश आपतकालीन कार्य सञ्चालन केन्द्र धनगढीले जनाएको छ। मोटरसाइकल चालक घोडाघोडी नगरपालिका–१ का १९ वर्षीय आशिष चौधरीलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
 

कमेन्ट लोड गर्नुस