सुदूर नेपाललाई विश्वसँग जोड्दै

गर्मी बढेका बेला खानेपानी अनियमित हुँदा धनगढीबासी मारमा

२०७६ जेठ २३, ११:२४ रोशन भट्ट

अघोषित लोडसेडिङले आजित भएका धनगढीबासी खानेपानी पनि अनियमित हुँदा मारमा परेका छन्। गर्मी मौसम बढ्दै गएका बेला खानेपानी पनि अनियमित हुदा समस्या भएको गुनासो गरिएको छ। धारामा पानी नआउने, आएपनि निश्चित समय तालिका नभएका कारण समस्या भएको बताईएको छ।

खानेपानी सेवा विस्तार भएका उप–महानगरपालिकाका अधिकासं टोलहरुमा यस्तो समस्या देखिएको स्थानीयले बताएका छन्। वडा नम्बर ८ को शुभारम्भ टोल सहित उप–महानगरपालिकाका अधिकासं टोलमा खानेपानी अनियमित हुने तथा कहिले कही नआउने समस्या देखिएको हो।

नजिकै शिवनगर खानेपानी योजनाको ट्याङकी रहेपनि धारामा नियमित पानी नआउने गरेको गुनासो गरिएको छ। गर्मी मौसममा समान्य समयको भन्दा बढि पानी आवश्यक पर्ने भएवपनि  अनियमित हुँदा समस्या भएको शुभारम्भ टोलका स्थानीय कुम्भ भट्टले बताए। पछिल्लो केही दिनयता धनगढीमा ३७ देखि ४१ डिग्रीको हाराहारीमा तापक्रम मापन गरिदै आएको छ।

तर यस्तो स्थितीमा समयमै धारामा पानी  नआउने, निश्चित तालिका नहुँदा पानी आएपनि थाहा नहुने तथा थोरै आउने गरेको गुनासो गरिएको छ। स्थानीयले लामो समयदेखि यस्तो समस्या भोगिरहेपनि सम्बन्धीत निकायले वेवास्ता नगरेको स्थानीय खेमा जोशीले बताईन।

आम नागरिक सम्म  शुद्ध खानेपानीको पहँुचमा पु¥याउने लक्ष्य लिएरका कतिपय योजनाहरु अलपत्र परेका वेला पुराना योजनाहरुले पनि प्रयाप्त मात्रामा पानी दिन सकेका छैनन्। खानेपानी कार्यालय तथा स्थानीय जनप्रतिनिधीले तत्तकालै शुद्ध खानेपानीको पहुच पु¥याउने प्रतिवद्धता जनाएका भएपनि सामान्य पानी नआउने समस्या समेत समाधान गर्न सकेका छैनन।

तर शिवनगर खानेपानी योजनाका अध्यक्ष राजेश खातीले भने गर्मी मौसम भएका कारण पानी कमउत्पादन हुने गरेकाले यस्तो समस्या आएको वताए। सामान्य समस्या समाधान गर्नमा समेत सरोकारवाला निकायले उदासिनता देखाउन थालेपछि स्थानीय सरकार संगै अन्य निकायको पनि आलोचना हुन थालेको छ । 
 
 

रोशन भट्ट दिनेश खवरका संवाददाता हुन। उनले समसामयिक विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस