सुदूर नेपाललाई विश्वसँग जोड्दै

टीकापुर नगरपालिकाको कार्यालयमा आगलागी

२०८१ असार ३०, ०४:५८ खबर संवाददाता

धनगढीः कैलालीको टीकापुर नगरपालिकामा आगलागी भएको छ।

आइतवार (आज) पालिकाको भवनको दोश्रो तलामा रहेको विद्युत बोर्ड सर्ट भएर आगलागी भएको हो।

नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत दमनसिंह चौधरीले कार्यालयमा विद्युत लोड बढ्दा धान्न नसकेर आगलागी भएको हुन सक्ने बताए।

कार्यालयमा एकपछि अर्को पटक विद्युतका बोर्डहरुमा आगलागी हुन थालेपछि सेवा प्रवाह समेत प्रभावित भएको छ। यसअघि असार २६ गते पनि कार्यालयको भुइँतलाको विद्युत बोर्डमा आगलागी भएको थियो।
 

कमेन्ट लोड गर्नुस