सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलारीका अर्जुन प्रहरी नियन्त्रणमा

२०८१ असार ३०, १२:११ खबर संवाददाता

धनगढीः कैलालीको कैलारी गाउँपालिका एक जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ।

वन पैदावार ओसारपसार मुद्दामा जिल्ला अदालत कैलालीबाट दोषी ठहर तर फरार भएका कैलारी गाउँपालिका–९ का ४० वर्षीय अर्जुन चौधरीलाई प्रहरीले नियन्त्रणमा लिएको हो।

बिना इजाजत वन पैदावार ओसपसार मुद्दामा १५ दिन कैद सजाय र ६५ हजार ३५ रुपैयाँ जरिबाना तोकिएका उनी फरार थिए। जिल्ला प्रहरी कार्याल कैलालीबाट खटिएको प्रहरी टोलीले हिजो (शनिबार) चौधरीलाई गौरीगंगा नगरपालिका–४ खुरखुरियाबाट पक्राउ गरेको हो।

कमेन्ट लोड गर्नुस