कञ्चनपुरमा बसको ठक्करबाट पैदलयात्रीको मृत्यु

कञ्चनपरः कञ्चनपुरमा बसको ठक्करबाट एक पैदलयात्रीको मृत्यु भएको छ।
जिल्लाको कृष्णपुर नगरपालिका–७ का ५२ वर्षीय मोहन खड्काको बसको ठक्करबाट मृत्यु हो।

कार्की कटानस्थित वडा कार्यालय अगाडी अत्तरियाबाट शान्तिपुरतर्फ जाँदै गरेको ना ५ ख ३४९१ नम्बरको बसले शान्तिपुरका खडकालाई ठक्कर दिँदा उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ। बस चालक सोही स्थानका २८ वर्षीय सुरेन्द्र बोहरालाई प्रहरीले नियन्त्रणमा लिएको छ।

