सुदूर नेपाललाई विश्वसँग जोड्दै

मेरुदण्ड भाँचिएको अव धनगढीमै शल्यक्रिया

२०७६ जेठ २३, ०७:२५ खबर संवाददाता

दार्चुलाको मार्मा गाउँपालिकाकी अम्बिका महताको यार्सा टिप्ने क्रममा भिर बाट खसेर मेरुदण्ड भाँचियो। मेरुदण्ड भाँचिएपछि उनलाई उपचारका लागि धनगढी स्थित माया मेट्रो अस्पतालमा ल्याईयो। यसअघि पनि झण्डै दुई महिनाको अवधीमा २ वटा मेरुेदण्ड भाँचिएको शल्यक्रिया गरिसकेको अस्पतालले महताको पनि शल्यक्रिया गर्ने निधो ग¥यो र उनको सफल शल्यक्रिया भयो। वरिष्ठ हार्ड जोर्नी विशेषज्ञ डाक्टर पुजन पन्त नेतृत्वको टिम शल्यक्रियामा खटिएको थियो। 

अम्बिकाका श्रीमान शङ्करसिंह महताले मेरुदण्डको शल्यक्रिया सुदूरपश्चिममा नहुने खवर पाएका थिए तर अस्पतालमा सफल शल्यक्रिया भएपछि खुसी व्यक्त गरे। अस्पतालमा झण्डै दुई महिनाको अवधीमा मेरुदण्ड भाँचिएका तीन वटा शल्यक्रिया गरिसकेको अस्पतालका अध्यक्ष धिपेन्द्र सावदले बताए। उनले मेरुदण्डको शल्यक्रिया सुदूरपश्चिममै पहिलो पटक माया मेट्रोले सुरु गरेको समेत दावी गरे। 
 

कमेन्ट लोड गर्नुस