धनगढीमा भन्सार छलीका सामान बरामद
धनगढीः कैलालीको धनगढीमा भन्सार छलीका सामान बरामद गरिएको छ।
धनगढी उपमहानगरपालिका–९ मसानघाटबाट भन्सार छलीका सामान बरामद गरिएको हो। जिल्ला प्रहरी कार्यालय कैलालीबाट प्रहरी नायब निरीक्षक गजेन्द्र बहादुर चन्दको कमाण्डमा खटिएको प्रहरी टोलिले करिब २ लाख १४ हजार ८ सय ७० मुल्य बराबरको सेन्डो ५९ पिस, तन्ना २७ पिस, कट्टु ७४ पिस, भाईरलसाडी २४ पिस, हरियो सुट ११ पिस, कुर्ती २०३ पिस, कुर्ती सुट १० पिस, धोती ८ पिस, सुट १८ पिस, पेटीकोट १० पिस बेवारिसे अवस्थामा फेला पारी बरामद गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।