सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलालीमा मोटरसाईकल दुर्घटना हुँदा एक जना घाईते

२०७६ जेठ २२, ०६:५७ खबर संवाददाता

कैलालीमा मोटरसाईकल दुर्घटना हुँदा एक जना घाईते भएका छन्। जिल्लाको घोडाघोडी नगरपालिका वडा नम्वर ५ मा पर्ने कन्द्रा नदीको पूर्वी छेउमा सडक भत्किएको स्थानमा से ४ प २०९० नम्वरको मोटरसाईकल दुर्घटना हुँदा एक जना घाईते भएका हुन्। मोटरसाईकल अनियन्त्रित भएर दुर्घटना हुँदा चालक गोदावरी नगरपालिका २ बस्ने रमेश भट्ट घाईते भएका हुन्। उनको घोडाघोडी अस्पताल सुख्खडमा उपचार भईरहेको छ। 
 

कमेन्ट लोड गर्नुस