सुदूर नेपाललाई विश्वसँग जोड्दै

फिलिपिन्समा सडक दुर्घटनाः एकै परिवारका ११ जनाको मृत्यु

२०८१ असार २८, ०५:५९

उत्तरी फिलिपिन्समा बिहीबार यात्रुवाहक बससँग पिक–अप ट्रक ठोक्किँदा एकै परिवारका ११ जनाको मृत्यु भएको छ। 

कागायन प्रान्तको अबुलुग नगरपालिकाको चौराहामा यो दुर्घटना भएको हो। प्रमुख राजमार्गको छेउमा १४ जना सवार टोयोटा हिलक्स बससँग ठोक्किएको प्रहरीले जनाएको छ। उनीहरू घर फकिँदै गरेका थिए। 
 
‘पिकअपमा सवार रहेकामध्ये तीनजना मात्रै जीवित छन्,’ प्रहरी मेजर एन्टोनियो पालाटाओले भने। यात्रुबाहक बसका चालक र सहचालकलाई गम्भीर र अन्य २३ जनालाई सामान्य चोट लागेको उनले बताए। ‘टोयोटा हिलक्सका चालक त्यस क्षेत्रबारे जानकार नभएकाले उनले राजमार्ग पुगिसकेको थाहा पाएनन्। राजमार्गमा स्वाभाविक रूपमा गति नियन्त्रण गर्नुपर्ने हुन्छ,’ प्रहरी क्याप्टेन जुन–जुन तोरियोले भने।

कमेन्ट लोड गर्नुस