सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलाली र कञ्चनपुरबाट भन्सार छलिका सामान बरामद

२०८१ असार २७, ०९:०२ खबर संवाददाता

धनगढीः कैलाली र कञ्चनपुरबाट भन्सार छलिका सामान बरामद गरिएको छ।

कैलालीको बिभिन्न स्थान धनगढी उपमहानगरपालिका–२ ब्यारेल र कैलारी गाउँपालिका–४ भितरियाबाट अबैंध रुपमा भारतबाट भन्सार छली गरि ल्याएका अन्दाजी ५४ हजार ७६० मूल्य बराबरको सामान बरामद गरिएको छ।

उक्त मूल्य बराबरको प्याज, साबुन, जुत्ता, पेन्ट, कुर्ती सुरवाल, गाडीको लुकिङ ग्लास, माछा, बोईलर कुखुरा लगायतका सामान जिल्ला प्रहरी कार्यालय कैलाली मातहत कार्यालयबाट खटिएको प्रहरी गस्ती टोलीले वेवारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको जनाएको छ।

यस्तै कञ्चनपुरको पुनर्वास नगरपालिका–१० बिकाशबस्तीबाट २१ हजार बराबरको माछा इलाका प्रहरी कार्यालय त्रिभुवनबस्तीबाट खटिएको प्रहरी गस्ती टोलीले वेवारिसे अवस्थामा फेला पारी नष्ट गरेको जनाएको छ।

कमेन्ट लोड गर्नुस