सुदूर नेपाललाई विश्वसँग जोड्दै

वातावरण दिवशको अवसरमा धनगढीमा सरसफाई

२०७६ जेठ २२, ०२:२२ खबर संवाददाता

बिश्व वातावरण दिवशको अवसरमा बुधवार धनगढी बजारमा सरसफाई गरिएको छ। धनगढी उप–महानगरपालिकाको सहयोग  र यूवा शान्ति परिषद नेपालको आयोजनामा  बजारको कैलाली नाला देखि जिल्ला प्रहरी कार्यालय कैलाली सम्म सरसफाई गरिएको हो। त्यसैगरी धनगढी उप–महानगरपालिकाको समन्वयमा बन तथा बातावरण बिभागले नेपाल स्वच्छ वातावरण महाअभियान अन्तरगत सरसफाई कार्यक्रममा सहभागिता जनाएको थियो। सोही क्रममा बन तथा बातावरण बिभागले धनगढी उप–महानगरपालिकालाई ३ सय डस्टविन हस्तान्तरण समेत गरेको थियो।

महिला जेसिज धनगढीले बिश्व वातावरण दिवशको अवसर पारेर बुधवार नै धनगढी उप–महानगरपालिका क्षेत्रका पर्खालहरुमा हरियो रंग लगाउने अभियानको पनि सुरुवात गरेको छ। उक्त अभियानको धनगढी उप–महानगरपालिकाका प्रमुख नृपबहादुर वड र उप–प्रमुख सुशिला मिश्र भट्टले संयुक्त रुपमा उद्घाटन गरेका थिए। बिश्व वातावरण दिवशकै अवसर पारेर डिभिजन बन कार्यालय कैलालीको आयोजनामा बृक्षारोपण गरिएको छ। सव डिभिजन बन कार्यालय तारानगर धनगढीको परिसरमा बृक्षारोपण गरिएको हो। 
 

कमेन्ट लोड गर्नुस