सुदूर नेपाललाई विश्वसँग जोड्दै

कञ्चनपुरबाट दुई लाख बढीको अवैध सामान बरामद

२०८१ असार २५, ०९:१९ खबर संवाददाता

कञ्चनपुरः कञ्चनपुरबाट आज प्रहरीले दुई लाख बढी मुल्यको अवैध सामान बरामद गरेको छ।

जिल्ला प्रहरी कार्यालयको प्रहरी  टोलीले १ लाख ७ हजार ८ सय, प्रहरीचौकी परासनले ९४ हजार मुल्य बराबरको भन्सार छलिको सामान बरामद गरेको छ।

यस्तै अस्थायी प्रहरीबिट मझगाउँले २ हजार गरेर जम्मा अन्दाजी २ लाख ३ हजार ८ सय मुल्य बराबरको भन्सार छलिको सामान बरामद गरेको छ। बरामद गरेको क्रिम, डफ, धोती, कुर्ति चिनी  तथा पेय पर्दाथ लगाएतको सामान कारबाहीका लागि भन्सार कार्यालय पठाइएको छ।
 
 

कमेन्ट लोड गर्नुस