बालिकाहरूको विद्यालय पोसाक किन्न एभरेष्ट बैंकको उपमहानगरलाई आर्थिक सहयोग
२०८१ असार २५, ०६:२८
धनगढीः धनगढी उपमहानगरपालिकालाई एभरेष्ट बैंक लिमिटेड धनगढी शाखाले आर्थिक सहयोग गरेको छ।
बैंकले नगर प्रमुख शैक्षिक गुणस्तर सुधार कार्यक्रम सञ्चालनका लागि छनौट भएका नमुना विद्यालयका बालिकाहरूको पोशाकका लागि आर्थिक सहयोग गरेको हो।
नगर प्रमुख शैक्षिक सुधार कोषमा एभरेष्ट बैंक लिमिटेड धनगढी शाखाले ४० जना बालिकाको लागि दुई लाख दस हजार रकम हस्तान्तरण गरेको हो।
कमेन्ट लोड गर्नुस