धारा ७६ (२) अनुसार सरकार बन्नछ–शेखर कोइराला
काठमाडौँः नेपाली कांग्रेस र एमालेबीच सरकार बनाउने सहमति भएपछि विपक्षमा देखिएका नेता डाक्टर शेखर कोइरालाले मङ्गलवार कांग्रेस–एमाले सरकारको पक्षमा देखिए।
संसद्को पहिलो र दोस्रो ठुलो दल मिलेर सरकार गठन हुनु लोकतन्त्रको विपक्षमा हुने अभिव्यक्ति दिएका उनले मङ्गलवार भने दुइटा ठूला दल कांग्रेस र एमाले मिलेर सरकार बनाउँदा स्थिर सरकार बन्ने र आफू यसैको पक्षमा रहेको दाबी गरे। उनले सरकार संविधानको धारा ७६ (२) अनुसारै बन्ने भन्दै अन्यलाई समेत विश्वस्त रहन आग्रह गरेका थिए।
‘शेखर त ७६ (३) कै सरकार खोजिराखेको छ भन्ने हल्ला सुनेँ। तर मैले पहिले नै भनिसकेको छु हामीलाई स्थिर सरकार चाहिएको हो। अब अर्थतन्त्रलाई अगाडि बढाउने हिसाबले दुई दल कांग्रेस र एमाले मिलेका हौँ’ उनले दाबी गरे।