सुदूर नेपाललाई विश्वसँग जोड्दै

कञ्चनपुरमा एक वेवारिसे महिलाको शव फेला

२०८१ असार २५, ०५:३५ खबर संवाददाता

कञ्चनपुरः कञ्चनपुरमा एक वेवारिसे महिलाको शव फेला परेको छ।

जिल्लाको दोधारा  चाँदनी नगरपालिका–१० भुमिराज टोलस्थित खेतवारीमा अन्दाजी २५ वर्षीया महिलाको शव फेला परेको  जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ।

आज बिहान करिब साढे आठ बजेतिर  प्रहरीले शव फेला पारेको हो। शव जोगबुढा नदीको बहावले बगाएर ल्याएको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुसन्धानबाट  खुलेको छ। फेला परेकी महिलाको नाम÷थर, वतन केही खुलेको छैन्।

कमेन्ट लोड गर्नुस