रास्वपाका महामन्त्री ढकाललाई कारबाही
काठमाडौँः राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पार्टीका महामन्त्री मुकुल ढकाललाई पदबाट हटाएको छ।
पार्टी केन्द्रीय समितिको आजको बैठकले पार्टी अनुशासन समितिको सिफारिसमा पार्टी केन्द्रीय सदस्य, प्रवक्ता र महामन्त्री पदबाट उनलाई हटाएको हो। उनलाई सर्वसम्मतिबाट पदमुक्त गरिएको कार्यवाहक प्रवक्ता मनिष झाले बताइन्।
उनको साधारण सदस्यता मात्र कायम गरिएको छ। पार्टी अध्यक्ष एवं उपप्रधानमन्त्री रवि लामिछानेको अध्यक्षतामा बसेको बैठकले ढकाललाई केन्द्रीय समितिको निर्णयप्रति असहमत भएमा पुनरावेदन गर्नसक्ने निर्णय गरेको छ। रास्वपाले पुनरावलोकन समिति सहमहामन्त्री विपीन आचार्यको संयोजकत्वमा गठन गरेको छ।