सुदूर नेपाललाई विश्वसँग जोड्दै

सुदूरपश्चिम भ्रमण गर्न आइपुगे ९ हजार पर्यटक, बढ्यो होटलहरुको बेड संख्या

२०८१ असार २५, ०१:२४ खबर संवाददाता

धनगढीः सुदूरपश्चिम पर्यटक भ्रमणका लागि उच्च संभावना बोकेको प्रदेश हो।

प्राकृतिक, सांस्कृतिक र ऐतिहासिक महत्व बोकेको सुदूरपश्चिममा बाह्य मात्र नभएर आन्तरिक पर्यटकको समेत आवागमन बढाउन सकिएको छैन्। प्रदेशका नौवटै जिल्लामा पर्यटकीय सम्पदा भएर पनि ती सम्पदाहरुको प्रचारप्रसार गर्न सकिएको छैन्। भारतको उत्तर प्रदेशको राजधानी लखनउको दूरी पनि ४/५ घण्टाको मात्र छ।

उत्तराखण्डको राजधानी देहरादुनको सडकको दुरी ६/७ घण्टाको छ। उत्तरप्रदेश र उत्तराखण्डमा २५ करोडभन्दा बढी जनसंख्या छ। सुदूरपश्चिमले वर्षमा त्यसको एक प्रतिशत मात्रै भित्र्याउन सक्ने हो भने पनि अढाई लाख पर्यटक आउँछन्। तर त्यसका लागि नीति छैन। पर्यटक लोभ्याउने ठोस नीति नभए पनि सुदूरपश्चिम प्रदेशको भ्रमण गर्न ९ हजार ९८ पर्यटक आइपुगेका छन्।

२०८० पुस मसान्तसम्म सो संख्यामा प्रदेशका विभिन्न स्थानमा बाह्य पर्यटकले भ्रमण गरेका गरेका हुन्। सुदूरपश्चिममा ४८ वटा पर्यटकीय होटल सञ्चालनमा छन्। अघिल्लो वर्षको तुलनामा यहाँ सञ्चालित होटल तथा लजको संख्यामा ४ दशमलव ३५ प्रतिशतले वृद्धि भएको छ। होटलको बेड संख्या १ दशमलव शून्य ५ प्रतिशतले बढेर एक हजार ६३५ पुगेको छ।

समिक्षा अवधिमा नेपाल राष्ट्र बैंक धनगढीले गरेको अध्ययन क्षेत्रका होटलहरुको औषत अकुपेन्सी ३८ दशमलव ५२ प्रतिशत रहेको छ। सुदूरपश्चिम प्रदेश भ्रमण गर्न सबैभन्दा बढी भारतबाट पर्यटक आइपुगेका छन्। २०८० पुस मसान्तसम्म ६ हजार ७ सय २ भारतीय पर्यटकले सुदूरपश्चिम प्रदेशको भ्रमण गरेका छन्। १६३ चिनिया तथा २ हजार २३३ तेस्रो मुलुकको गरेर ९ हजार ९८ पर्यटकले भ्रमण गरेका छन्।

कमेन्ट लोड गर्नुस