सुदूर नेपाललाई विश्वसँग जोड्दै

असारभित्रै केन्द्रीय कमिटीलाई पूर्णता दिने एकीकृत समाजवादीको तयारी

२०८१ असार २५, १२:५९

काठमाण्डौः नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादी ले यही असारभित्र केन्द्रीय कमिटीलाई पूर्णता दिने भएको छ।

भूगोल, क्षेत्र तथा सन्तुलन मिलाएर नेताहरूको योगदान र क्षमताका मूल्याङ्कन गरी दुई सय छ केन्द्रीय सदस्य थप गर्न लागेको हो। पार्टीमा दुई सय ९९ सदस्यीय कार्यसमिति तथा २१ पदाधिकारीको व्यवस्था गरिएकामा महाधिवेशनले अध्यक्षमा माधवकुमार नेपाल, सम्मानित नेता झलनाथ खनाल र महासचिव घनश्याम भुसालसहित ९३ केन्द्रीय सदस्य सर्वसम्मत चयन गरेको थियो।

अहिले पार्टीमा दुई सय छ केन्द्रीय सदस्य पद रिक्त छन्। सातै प्रदेशका इन्चार्ज र सचिवलाई सम्बन्धित प्रदेशका केन्द्रीय कमिटी सदस्यको नाम केन्द्रमा सिफारिस गर्न पार्टीले निर्देशन दिएको नेता सोमप्रसाद पाण्डेले जानकारी दिए। पार्टीको विधानमा प्रत्येक जिल्लाबाट कम्तीमा एक जना सदस्यको केन्द्रीय कमिटीमा प्रतिनिधित्वको सुनिश्चितता कायम गरिएको छ। 
 

कमेन्ट लोड गर्नुस