सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीमा लागूऔषधसहित दार्चुलाकी एक युवती पक्राउ

२०८१ असार २४, ०७:५७ खबर संवाददाता

धनगढीः कैलालीको धनगढीमा लागूऔषधसहित दार्चुलाकी एक युवती पक्राउ परेकी छिन्।

धनगढी उपमहानगरपालिका–४ बसपार्कबाट दार्चुलाको महाकाली नगरपालिका–४ की २१ वर्षीया आरती धामी पक्राउ परेकी हुन्। धामीलाई २१० मिलिग्राम लागूऔषध (खैरो हेरोईन)सहित फेला पारी नियन्त्रणमा लिईएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ। उनलाई नियन्त्रणमा लिई थप अनुसन्धान भईरहेको कैलाली प्रहरीले बताएको छ।
 

कमेन्ट लोड गर्नुस