सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलाली र कञ्चनपुरका सरकारी अस्पतालमा करोडौँका उपकरण प्रयोग विहिन

२०७६ जेठ २२, ०७:०७ जनक विष्ट

कञ्चनपुरको महाकाली अञ्चल अस्पतालले आईसीयू सेवा सञ्चालन गर्ने चर्चा चलेको ५ वर्ष पूरा हुन लागेको छ। आर्थिक वर्ष २०७१-७२ मा आईसीयू सेवा सञ्चालनका लागि आवश्यक पर्ने उपकरण खरिद गरेको अस्पतालले आईसीयू कक्ष तयार गर्दै उपकरण जडान गरेरे राखेको छ। तर आईसीयु सेवा प्रयोग गर्न पाउने कुरा कञ्चनपुरबासीका लागि आकाशको फल आँखा तरी मर जस्तै भएको छ। अस्पतालले जनशक्ति अभावकै कारण आईसीयू सेवा सेञ्चालन गर्न नसकिएको अस्पतालका सूचना अधिकारी केशवदत्त अवस्थीले बताए। उनले आईसीयू सञलन नभएपछि  गम्भीर प्रकृतिका विरामीलाई अन्यत्र रेफर गरिदै आएको जानकारी दिए।

अस्पतालले २ वटा भेन्टिलेटर, एनेस्थेसिया मेसिन, इन्डोस्कोपी, सीआर्म मेसिन, एक्सरे, डिजिटल एक्सरे, अल्ट्रासाउन्ड, पत्थरी र किड्नी चेक गर्ने लगायत थुपै मेसिन पनि स्टोरमा थन्क्याएको छ। जनशक्ति अभावकै कारण ती उपकरणहरु पनि प्रयोगमा ल्याउन नसकिएको बताईदै आएको छ। कैलालीको टीकापुर अस्पतालमा पनि वषौँ पहिले खरिद गरिएका उपकरणहरु प्रयोगमा आउन सकेका छैनन्।  कोरियाली सहयोग नियोग (कोईका) को आर्थिक सहयोगमा खरिद गरिएका ४ करोड बढिका उपकरण प्रयोगवीहिन भएका छन्। भेन्टीलेटर लगायतका उपकरण सञ्चालनमा ल्याएर स्तरीय स्वास्थ्य सेवा प्रदान गर्नतर्फ अस्पताल प्रशासनदेखि अन्य नीकायहरुले ध्यान नदिएको आरोप लाग्दै आएको छ।

टीकापुर अस्पतालका प्रमुख डाक्टर नरेन्द्र कुमार खनालले पनि उपकरण प्रयोगमा नआउनु जनशक्ति अभाव नै प्रमुख कारण भएको बताउछ्। महाकाली अञ्चल  र टीकापुर अस्पतालमा करोडौँ मूल्यका उपकरण प्रयोगवीहिन भएका बेला स्थायी राजधानी घोषित अत्तरियाको मालाखेती अस्पतालमा पनि एक्सरे मेसिन सञ्चालनमा नआएको लामो समय भइसकेको छ। तर उक्त मेसिन सञ्चालन गर्न आवश्यक पर्ने समाग्री खरिद गर्न नसकिएका कारण थन्क्याउनुपरेको अस्पतालले बताउँदै आएको छ। अस्पताल स्थानीय सरकार माहहत आईसकेपनि पटक–पटक एक्सरे मेसिन सञ्चालनका लागि आवश्यक पर्ने समाग्री खरिदका लागि आग्रह गरिएपनि वेवास्ता गरिएको प्रमुख डाक्टर शिवराज पनेरुले बताए।

अस्पतालहरुले जनशक्ति अभावका कारण भएका उपकरणहरु समेत प्रयोगमा ल्याउन नसकेपछि यसक्षेत्रका बासिन्दा सरकारी अस्पतालमै स्तरीय स्वास्थ्य सेवा पाउनबाट वञ्चित हुँदै आएका छन्। सुदूर पहाडका बासिन्दा अस्पतालमा भौतिक पूर्वाधार र उपकरण अभावका कारण स्तरीय स्वास्थ्य सेवाबाट वञ्चित भइरहेका बेला कैलाली कञ्चनपुरका अस्पतालहरुले भने करोडौँका उपकरण खरिद गरेर थन्क्याएका हुन्।

अन्य अस्पतालमा खरिद गरिएका उपकरणहरु समेत प्रयोगमा नआउँदा गम्भीर प्रकृतिका विरामीलाई सेती अञ्चल अस्पताल रेफर गर्ने गरिएको छ। सेती अञ्चल अस्पतालमा पनि सीमित जनशक्ति र पर्याप्त मात्रामा उपकरण नहुँदा उपचारमा समस्या हुदै आएको छ भने केही मेसिनहरु त पूरानो भएर प्रयोग गर्न नसक्ने अवस्थामा पुगेको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डाक्टर हेमराज पाण्डेले जानकारी दिए।

उनले थप उपकरण खरिदका लागि प्रदेश सरकारसंग बजेट समेत माग गरिएको बताए। यता जिल्ला र अञ्चल अस्पताललाई उपकरण खरिदका लागि चालु वर्षमा करोडौँको बजेट दिएको प्रदेशको सामाजिक विकास मन्त्रालयले भने जनशक्ति व्यवस्थापन गरी बन्द अवस्थाका उपकरण सञ्चालनमा ल्याउन कुनै योजना नै ल्याएको छैन्।

तर सामाजिक विकास मन्त्रालयका सचिव गोगन हमालले आउँदो आर्थिक वर्षमा अस्पतालहरुमा रहेका उपकरणको तथ्याङ्क संकलन गरी प्रयोग वीहिन भएका उपकरण सञ्चालनमा ल्याईने जानकारी दिए। उनले करारमै जनशक्ति व्यवस्थापन गरेर भएपनि उपकरण प्रयोगमा ल्याउन पहल गरिने दावी गरे। धेरैले एक गाउँ एक स्वास्थ्य चौकी एक स्थानीय तह एक अस्पताल कार्यक्रम ल्याएको सुदूरपश्चिम सरकारलाई पहिले भएका अस्पतालहरुको उचित व्यवस्थापन गरी स्तरीय स्वास्थ्य सेवा प्रवाहमा ध्यान दिन सुझाव दिएका छन्।   

जनक विष्ट दिनेश एफ. एम. का सम्पादक हुन। उनले राजनीति र समसामयिक विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस