सुदूर नेपाललाई विश्वसँग जोड्दै

कञ्चनपुरका एक युवा नदीमा बगेर बेपत्ता

२०८१ असार २३, ०९:३४ खबर संवाददाता

कञ्चनपुरः कञ्चनपुरमा एक जना नदीमा बगेरबेपत्ता भएका छन्।

जिल्लाको बेलडाँडी गाउँपालिका –३ वैवाहका २३ वर्षीय डम्बर चौधरी नदीले बगाउँदा बेपत्ता भएका छन्। चौधर नदी तर्ने क्रममा बगेर बेपत्ता भएका हुन्।

उनी आइतवार ६ जनाको समूहमा सीमावर्ती भारतीय गाउँ टाटरगन्ज माछा मार्न गएका थिए। फर्किने क्रममा बेलडाडी– ५ झिलमिलामा रहेको चौधर नदीमा बगेर उनी बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले  जनाएको छ। बेपत्ता चौधरीको खोजी कार्य भइरहेको छ।
 

कमेन्ट लोड गर्नुस