सुदूर नेपाललाई विश्वसँग जोड्दै

महाकालीको जलस्तर बढ्दै गएपछि प्रहरीको माइकिङ

२०८१ असार २३, ०५:३३ खबर संवाददाता

दार्चुलाः वर्षाका कारण महाकाली नदीको जलस्तर बढ्दै गएपछि प्रहरीले सीमा नाकाहरुमा माइकिङ गर्न थालेको छ।

जोखिममा परेका स्थानीयको आवतजावत गर्न नदिन प्रहरीले माइकिङ गर्न थालेको हो। सम्भावित जोखिमलाई मध्यनजर गर्दै नदी किनारमा नजान स्थानीयलाई आग्रह गरिरहेको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ। प्रहरीले आइतबार सदरमुकाम क्षेत्रको रिङगलताल, बंगाबगड क्षेत्रमा माइकिङ गरेर सचेत गराएको छ।

बंगाबगड, विरेन्द्र वन लगायतका क्षेत्रमा स्थानीयले महाकाली नदीबाट दाउँरा संकलन गर्ने, नदी किनारमा भीड लाग्ने गरेका कारण प्रहरीले माइकिङ गरेर सावधानी अपनाउन आग्रह गर्दै आएको छ। जिल्ला प्रहरी कार्यालयका अनुसार बिहानैदेखि आकस्मिकबाहेक अन्य नागरिकलाई सीमा पुलहरूमा आवतजावतमा कडाइ गरिएको छ।

तिगर घाटमा भारतपट्टीबाट आएको चट्टानका कारण पुल नै जोखिममा परेको छ। जिल्ला सदरमुकाम खलंगामा रहेको पुलघाट खलंगा, तिग्रम, दत्तु, जौलिजिवी, बाकु, लाली, मल्घट्टे, माललगायतका पुलहरूमा आकस्मिकबाहेकको आवतजावत नगर्न स्थानीयलाई आग्रह गरिएको छ।

कमेन्ट लोड गर्नुस