सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलालीमा घरमाथि रुख पर्दा एक घरमा क्षति

साङ्केतिक
साङ्केतिक
२०८१ असार २३, ०५:०५ खबर संवाददाता

धनगढीः कैलालीमा घरमाथि रुख पर्दा एक घरमा क्षति पुगेको छ।

जिल्लाको बर्दगोरिया गाउँपालिका–३ रानीकुण्डा शिविरमा बस्ने आइतवारी डगौराको घरमाथि रुख खसेको हो। काठले बनेको जस्तापाताले छाएको घरमा रुख परेपछि घरमा पुर्ण रुपमा क्षति पुगेका जिल्ला आपतकालीन कार्य सञ्चालन केन्द्र कैलालीले जनाएको छ।

घरभित्र रहेको ४ पुरुष र २ महिला गरी ६ जनाको उद्धार गरिएको छ। उनीहरुलाई नजिकै रहेको लालीगुराँस सामुदायिक वन उपभोक्ता समुहको भवनमा राखिएको छ। अन्य पशु चौपाय तथा मानविय क्षति भने केहि भएको छैन्।
 

कमेन्ट लोड गर्नुस