सुदूर नेपाललाई विश्वसँग जोड्दै

सहकारीको ऋण तिर्न कैलालीका महिला ‘ब्याङ्लोर’ पस्दै

२०८१ असार २३, ०३:४५ खबर संवाददाता

धनगढीः कैलालीका महिलाहरु सहकारी तथा लघुवित्तको ऋण तिर्न नसकेर भारतमा कामको  खोजिमा जान थालेका छन्।

जिल्लाको टीकापुर लगायत क्षेत्रका महिला सहकारी र लघुवित्तबाट लिएको ऋणको व्याज र साँवा तिर्न भारतको ब्याङ्लोर पस्न थालेका हुन्। सुदूरपश्चिमको भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री टीका थापाले टीकापुर क्षेत्रमा यो समस्या बढी भएको बताएकी छन्। उनले भनिन्, ‘मिटर ब्याजको पीडामा दिदी–बिहिनीहरु छन्। उनीहरुले ऋण तिर्न नसकेर आत्महत्या गर्ने गरेका छन्। 

टीकापुर क्षेत्रमा बढी समस्या छ। सहकारीको ऋण बोकेर महिलाहरु भारत जाने गरेका छन्।’ श्रीमान वैदेशिक रोजगारमा भएका महिलाहरु मिटर व्याजीको चङ्गुलमा समेत फस्ने गरेका छन्। विदेशमा श्रीमान भएको समयमा खर्चको जोहो गर्न ऋण लिने र पछि मिटर व्याजमा परेपछि उनीहरुको उठीबास हुने गरेको छ।

थपाले भनिन्, ‘मिटर व्याजीहरुबाट रकम हिनामीना हुने गरेको छ। उनीहरुले सहकारीबाट पनि ऋण लिएका हुन्छन्। सहकारीको ऋण लिनुहुन्छ। छोराछोरीको पठनपाठनमा खर्च गर्नुहुन्छ। उहाँहरुको आम्दानीको स्रोत हुँदैन। सहकारीको ऋण तिर्न सकिरहेका छैनन्।’

कमेन्ट लोड गर्नुस