सुदूर नेपाललाई विश्वसँग जोड्दै

बिहानी कक्षा सञ्चालन गर्न माग गर्दै कैलालीमा विद्यार्थी आन्दोलित

२०७६ जेठ २१, ०६:४३

बिहानी कक्षा सञ्चालन गर्न माग गर्दै कैलालीको घोडाघोडीमा विद्यार्थी आन्दोलित भएका छन्। जिल्लाको घोडाघोडी नगरपालिका वडा नम्बर १ सुखडमा रहेको राष्ट्रिय माध्यामिक विद्यालयका विद्यार्थीहरुले बिहानी कक्षा सञ्चालनको माग गर्दै नगरपालिका घेराउ गरेका हुन्। दिउसोको समयमा अत्याधिक गर्मी भएको भन्दै विद्यार्थीहरुले बिहानी कक्षा सञ्चालनको माग गर्दै नगरपालिकामा मंगलबार धर्ना समेत दिएका छन्। 
दिउसोको समयमा गर्मी हुने भन्दै बिहानी कक्षा सञ्चालन गर्नु पर्ने, राष्ट्रिय माध्यामिक विद्यालयमा पंखाको व्यवस्था गर्नु पर्ने र ९० मिनेटको एक पिरियडलाई पुरानै समयमा सञ्चालन गर्नु पर्ने उनीहरुको माग छ। राष्ट्रिय माध्यामिक विद्यालयका प्रधानध्यापक रामछविला चौधरीले नगरपालिकाको निर्णय अनुसार दिउसो कक्षा सञ्चालन गरिएको बताए। नगरपालिकाले दिने निर्देशनको पालना गर्ने उनले बताए।

कमेन्ट लोड गर्नुस