सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीमा अवरुद्ध सडक खोलियो

२०८१ असार २३, १२:३९ खबर संवाददाता

धनगढीः कैलालीको धनगढीमा अवरुद्ध सडक खोलिएको छ।

धनगढी उपमहानगरपालिका—१३ डिलासैनी सामुदायिक वनको रुख ढलेपछि अवरुद्ध धनगढी–राजघाट सडक अवरुद्ध भएको थियो।

सडकमा रुख ढलेपछि अवरुद्ध भएको सडक खुलाउन नगरप्रहरीको टोली परिचालन गरिएको छ। नगर प्रहरीले सडक क्षेत्रमा ढलेको रुख हटाएपछि सडक सुचारु भएको उपमहानगरपालिकाले जनाएको छ।

कमेन्ट लोड गर्नुस