सुदूर नेपाललाई विश्वसँग जोड्दै

डडेल्धुरामा पहिरो खस्दा एक जनाको मृत्यु

२०८१ असार २३, १२:२७ खबर संवाददाता

धनगढीः डडेल्धुरामा पहिरो खस्दा एक जनाको मृत्यु भएको छ। जिल्लाको परशुराम नगरपालिका–३ बुङाका ५६ वर्षीय नवराज पनेरुको पहिरोमा परेर मृत्यु भएको हो।

सुदूरपश्चिम प्रदेश प्रहरीका अनुसार शनिवार दिउँसो ४ बजे तिर खानेपानीको मुहान सफा गर्न भातगाडास्थित खानोपनीको मुहानमा पुगेका पनेरु माथिबाट आएको पहिरोमा परेका थिए। उनको घटनास्थलमा नै मृत्यु भएको हो। माथिबाट आएको ढुङ्गाले पनेरुको खुट्टा र ढाडमा चोट लागेको थियो।

इलाका प्रहरी कार्यालय, जोगबुढा डडेल्धुराको प्रहरी टोली घटना स्थलमा पुगेको थियो। प्रहरीले आवश्यक अनुसन्धान गर्दै छ।

 

कमेन्ट लोड गर्नुस