सुदूर नेपाललाई विश्वसँग जोड्दै

कञ्चनपुरमा सर्पले डसेर एक प्रहरी जवानसहित दुई जना घाइते

२०८१ असार २२, ०६:०७ खबर संवाददाता

कञ्चनपुरः कञ्चनपुरमा सर्पले डसेर एक प्रहरी जवानसहित दुई जना घाइते भएका छन्।

दोधाराचाँदनी नगरपालिका–१ मा सर्पले डसेर २२ वर्षीय नविन ऐरी घाइते भएका छन्। उनी अस्थायी प्रहरी पोष्ट झुलङ्गेमा कार्यरत छन्।

यस्तै कृष्णपुरनगरपालिका–१ की ३५ वर्षीया गिता साउँद पनि घाइते भएकी छन्। गितालाई खाना बनाउँने बेला शुक्रवार सर्पले बायाँ हातमा टोकेको थियो। घाइते दुबै जनाको महाकाली प्रादेशिक अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ।

कमेन्ट लोड गर्नुस