सुदूर नेपाललाई विश्वसँग जोड्दै

सुदूरपश्चिममा वर्षा, सावधानी अपनाउन आग्रह

२०८१ असार २२, १२:३९ खबर संवाददाता

धनगढीः सुदूरपश्चिमका धेरै स्थानमा आज वर्षा भइरहेको छ।

वर्षाका कारण कैलाली, कञ्चनपुर, डोटी, डडेलधुरा र आसपासका जिल्ला भएर बग्ने अधिकांश नदी तथा स–साना खोलामा बहाव बढ्ने जल तथा मौसम विज्ञान विभागले जनाएको छ।

केही स–साना नदीमा आकस्मिक बाढीको उच्च जोखिम रहेकाले उच्च सावधानी अपनाउन विभागले आग्रह गरेको छ। आज दिउँसो र राति एकदुई स्थानमा भारी वर्षाको सम्भावना छ।  

कमेन्ट लोड गर्नुस