सुदूर नेपाललाई विश्वसँग जोड्दै

बैतडीमा घर पहिरोमा परेपछि ३ घरपरिवारको बिचल्ली  

२०८१ असार २१, ०८:०५ खबर संवाददाता

बैतडीः बैतडीमा तीन घर पहिरोमा परेका छन्। जिल्लाको दशरथचन्द नगरपालिका–९ गुवाडाका मनध्वज रानाको घर पहिरोमा परेको हो।

दुई तले काठ ,माटो र ढुङ्गाबाट बनेको घर पहिरोमा परी भत्कीएको छ। घरमा पुर्णरुपमा क्षति पुगेपनि मानविय तथा पशुचौपाएमा कुनै क्षति नभएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ।

यस्तै पुर्चौडी नगरपालिका–९ डण्डीखाली दुई जनाको घर पहिरोको जोखिममा परेका छन्। झुसे सार्कीको निर्माणधिन र कासि सार्कीको घरमा सामान्य क्षति पुगेको छ। निरन्तर परिरहेको अविरल वर्षाका कारण शुक्रवार झुसेको घरको आँगनबाट गएको पहिरोमा परेर कासिको घरमा क्षति पुगेको हो। उनीहरु हाल आफ्ना आफन्तको घरमा बसीरहेका छन्।

कमेन्ट लोड गर्नुस