सुदूर नेपाललाई विश्वसँग जोड्दै

स्वास्थ्य सेवा विभागले साउनदेखि करार ज्यालादारीका कर्मचारी हटाउने

२०८१ असार २१, ०६:५९ खबर संवाददाता

काठमाडौंः स्वास्थ्य सेवा विभागले करार र ज्यालादारीका कर्मचारीलाई साउन १ गतेदेखि सेवामा नराख्ने भएको छ।

विभागले शुक्रवार सूचना जारी गर्दै साउनदेखि करार ज्यालादारीका सबै कर्मचारीलाई सेवामा निरन्तरता दिन नसकिने प्रष्ट पारेको छ।

अर्थ मन्त्रालयबाट कानुनबमोजिम करार नियुक्ति गर्ने सहमतिमा फाइल उठिसकेकाले अर्थबाट सहमति नआएसम्म उनीहरूलाई राख्न नसकिने सूचनामा उल्लेख छ। स्वास्थ्यमा हाल दरबन्दीका कर्मचारी करिब ३१ हजार छन्।     
 

कमेन्ट लोड गर्नुस