सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलालीमा करेन्ट लागेर एक जना घाइते

२०८१ असार २१, ०४:५४ खबर संवाददाता

धनगढीः कैलालीमा करेन्ट लागेर एक जना घाइते भएका छन्।

जिल्लाको घोडाघोडी नगरपालिका–१ सुखड बस्ने ३८ वर्षीय कञ्चन अधिकारी करेन्ट लागेर घाइते भएका हुन्।

उनलाई आइसक्रिमको मेसिन चार्ज लगाउनेक्रममा करेन्ट लागेको जिल्ला आपतकालीन कार्य सञ्चालन केन्द्र कैलालीले जनाएको छ। उनको घोडाघोडी अस्पताल सुखडमा उपचार भइरहेको छ।
 

कमेन्ट लोड गर्नुस