सुदूर नेपाललाई विश्वसँग जोड्दै

कञ्चनपुरबाट झण्डै तीन लाखका अवैध कपडा बरामद

२०८१ असार २१, ०४:३६ खबर संवाददाता

कञ्चनपुरः कञ्चनपुरबाट प्रहरीले अवैध कपडा बरामद गरेको छ।

बिहीवार इलाका  प्रहरी कार्यालय गड्डाचौकीबाट खटिएको प्रहरी टोलीले अन्दाजी २ लाख एक हजार एक सय र इलाका प्रहरी कार्यालय बेलौरीले अन्दाजी ५२ हजार मुल्य बराबरका कपडा बरामद गरेको छ।

यस्तै वडा प्रहरी कार्यालयले अन्दाजी ४३ हजार ५५२ मुल्य बराबरको गरी जम्मा २ लाख ९६ हजार ६५२ मुल्य बराबरका कपडा बरामद गरेको  जिल्ला  प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ।

बरामद गरेका रेनकोट, कुर्ती, सुट, थान कपडा, धोती, पेटिकोट, गम्छा, गुट्खा, सुर्ति, बिँडि, पेय पदार्थ, दाल, चिनी, प्याज लगाएतका सामान कारबाहीको लागि भन्सार कार्यालय पठाइएको छ।
 

कमेन्ट लोड गर्नुस