सुदूर नेपाललाई विश्वसँग जोड्दै

प्रेम आले नेकपा एसको केन्द्रीय कमिटीमा अटाएनन्

२०८१ असार २१, ०४:३४ खबर संवाददाता

धनगढी: नेकपा एसको १० औं महाधिवेशनबाट गठन भएको केन्द्रीय कमिटीबाट प्रेम आलेको हटाइएको छ। महाधिवेशनबाट ९३ सदस्यीय केन्द्रीय कमिटी घोषणा हुँदा प्रेम आले अटाएका छैनन्।

आलेले महाधिवेशन बहिस्कार गरेका थिए। डोटीबाट प्रत्यक्ष निर्वाचित सांसद समेत रहेका आले पार्टीको १० औं महाधिवेशनमा सहभागी भएनन्। नेकपा एसले आज ९३ जना केन्द्रीय सदस्यको नाम घोषणा गरेको छ। पार्टीले थप छलफल गरेर आगामी दस दिनभित्र २९९ सदस्यीय कमिटी घोषणा गर्ने जनाएको छ।

निवर्तमान केन्द्रीय सचिवालयको बैठकले साबिक पोलिटब्युरोमा रहेकाहरूलाई केन्द्रीय सदस्यमा राखे पनि निवर्तमान पोलिटब्युरो  सदस्य आलेको नाम भने राखिएको छैन।

कमेन्ट लोड गर्नुस