सुदूर नेपाललाई विश्वसँग जोड्दै

एकीकृत समाजवादीको नवनिर्वाचित केन्द्रीय कमिटीको बैठक शनिवार

२०८१ असार २१, ०३:४८

काठमाडौंः नेकपा एकीकृत समाजवादी को नवनिर्वाचित केन्द्रीय कमिटीको बैठक शनिवार बस्ने भएको छ।

असार १६ गतेबाट सुरु भएको पार्टीको दशौं महाधिवेशनले ९३ सदस्यीय केन्द्रीय कमिटी निर्वाचित गरेको छ। उक्त कमिटीको बैठक भोलि दिउँसो १ बजे पार्टी मुख्यालय, आलोकनगरमा बस्ने अध्यक्ष माधवकुमार नेपालले जानकारी दिए। महाधिवेशनको बन्द सत्रलाई विसर्जन गर्ने क्रममा अध्यक्ष नेपालले सबै सदस्यहरूलाई बैठकमा अनिवार्य उपस्थित हुन निर्देशन दिएका छन।

भोलिको बैठकले बाँकी पदाधिकारी र केन्द्रीय सदस्य टुङ्ग्याउने सन्दर्भमा छलफल हुने अध्यक्ष नेपालले बताएका छन।
 

कमेन्ट लोड गर्नुस