सुदूर नेपाललाई विश्वसँग जोड्दै

गोदावरीमा ‘सेतो नम्बर प्लेट’ नराखेरै हुँइकाइन्छ मोटसाइकल र स्कुटी

२०८१ असार २१, ०२:५७ खबर संवाददाता

धनगढीः कैलालीको गोदावरी नगरपालिका (अत्तरिया) ले झण्डै १७ लाख रुपैयाँ खर्चेर मोटरसाइकल र दुईवटा स्कुटर खरिद गरेको छ।

१६ लाख ९६ हजार ३९९ रुपैयाँ खर्चेर नगरपालिकाले चारवटा मोटरसाइकल र दुईवटा स्कुटर खरिद गरेको छ। तर खरिद गरिएका मोटरसाइकल र स्कुटरको सेतो नम्बर प्लेट नराखेरै प्रयोगमा ल्याइएको छ। तीन लाख ४७ हजार ९ सय रुपैयाँ खर्चेर शुभकोटी मोटर्सबाट खरिद गरिएको यमहाको मोटरसाइकल सेतो नम्बर प्लेट नराखेर प्रयोग हुँदै आएको छ।

त्यस्तै विशेष अटोमोबाइल्सबाट तीन लाख ३६ हजार १९४ रुपैयाँ खर्चेर खरिद गरिएको मोटरसाइकलको पनि सेतो नम्बर प्लेट नराखेरै प्रयोग गर्ने काम भइरहेको छ। सोही कम्पनीबाट तीन लाख ३६ हजार १९४ रुपैयाँमा खरिद गरिएको अर्को मोटरसाइकल पनि यसैगरी प्रयोगमा छ। 

२ लाख ६३ हजार ८९९ रुपैयाँ खर्चेर रुद्र अटो मोटिभ्सबाट खरिद गरिएको मोटरसाइकल, वागेश्वर मल्टी मोटर्सबाट २ लाख ६ हजार १०६ रुपैयाँ खर्चेर खरिद गरिएको टिभियस स्कुटर र सोही कम्पनीबाट सोही मुल्यमा खरिद गरिएको अर्को स्कुटर समेत सेतो नम्बर प्लेट नराखेरै प्रयोग गर्ने काम हुँदै आएको छ।

आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व नियमावली २०७७ को परिच्छेद १० को नियम ९५ (१) मा कार्यालय प्रमुखले आफ्नो कार्यालयमा रहेको र खरिद गरी वा नगरी कुनै प्रकारले हस्तान्तरण भइ वा वस्तुगत सहायता वा अन्य कुनै प्रकारबाट प्राप्त हुन आएको सम्पत्ति तथा जिन्सी मालसामानको विवरण र मूल्य समेत खुलाएर सम्पत्ति तथा जिन्सी किताबमा ७ दिनभित्र आम्दानी बाँधी लगत अद्यावधिक गर्नुपर्ने व्यवस्था छ।

तर गोदावरी नगरपालिकाले भने झण्डै १७ लाख रुपैयाँ खर्चेर खरिद गरिएका चारवटा मोटसाइकल र दुईवटा स्कुटरको सेतो नम्बर प्लेट नराखेरै प्रयोग गर्दै आएको खुलेको छ। तीनवटा मोटराइकल २०७९ र एउटा मोटरसाइकल  तथा दुईवटा स्कुटर २०८० असार २० गते खरिद गरेको पाइएको छ।

कमेन्ट लोड गर्नुस