सुदूर नेपाललाई विश्वसँग जोड्दै

सहकारी ठगिको संसदीय छानबिन समितिमा गृह सचिव र महानिरीक्षकसँग छलफल

२०८१ असार २१, ०२:२६

काठमाडौंः सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा ‘संसदीय छानबिन विशेष समिति’ ले गृह सचिव एकनारायण अर्याल र प्रहरी महानिरीक्षक बसन्तबहादुर कुँवरलाई छलफलका लागि बोलाएको छ।
शुक्रबार बसेको समितिको दशौँ बैठकले गृह सचिव र प्रहरी महानिरीक्षकसँग सहकारीमा भएको बचत ठगी, अहिलेसम्मका अनुसन्धान र कारबाहीको विषयमा छलफल गरेको हो। यस अघि समितिले बिहीबार हालेखापरिक्षक तोयम राय, सम्पत्ति सुद्धिकरण अनुसन्धान विभागका महानिर्देशक  कमल भट्टराई र सहकारी विभागका रजिस्ट्रार पीताम्बर घिमिरेसँग छलफल गरेको थियो।

कमेन्ट लोड गर्नुस