सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलालीमा स्कुल बस दुर्घटना

२०७६ जेठ २१, १०:२९ खबर संवाददाता

कैलालीको घोडाघोडी नगरपालिका वडा नम्वर ३ मा स्कुल बस दुर्घटना हुँदा १३ जना घाईते भएका छन्। लिटिल एन्जल्स बोर्डिङ स्कुलको से १ ख ३९८ नम्वरको बस दुर्घटना हुँदा १३ जना घाईते भएका हुन्। घाईते मध्ये ७ जना विद्यार्थी सामान्य उपचारपछि घर फर्किएका छन् भने ६ जनाको घोडाघोडी अस्पताल सुख्खडमा उपचार भईरहेको छ।

ईलाका प्रहरी कार्यालय सुख्खडका प्रहरी निरिक्षक यक्षराज जोशीले बसमा २५ जना विद्यार्थी सवार रहेको र स्टेरिङ रड भाच्चिएर बस दुर्घटना भएको बताए। सुख्खड जनकपुरदेखि भजनी सडक जाने क्रममा स्वास्थ्य चौकी अगाडी दुर्घटना भएको हो। 

कमेन्ट लोड गर्नुस