सुदूर नेपाललाई विश्वसँग जोड्दै

इन्डोनेसियाको गोदाममा आगलागी हुँदा पाँच जनाको मृत्यु

२०८१ असार १९, ०९:१६ खबर संवाददाता

एजेन्सीः इन्डोनेसियाको राजधानीको बाहिरी सहर बेकासीमा बुधवार बिहान फर्निचर गोदाममा आगलागी हुँदा तीन बालबालिकासहित एकै परिवारका पाँच जनाको मृत्यु भएको स्थानीय अधिकारीहरूले बताएका छन्।

प्रारम्भिक रिपोर्टअनुसार स्थानीय समयानुसार बिहान ६ः४५ बजे जटियासिह क्षेत्रमा घरभित्र आगलागी भएको थियो। आगो निभाउन कम्तिमा १२ वटा दमकल परिचालन गरिएको बेकासीको दमकल तथा उद्धार एजेन्सीका प्रमुख एसेङ सोलेहुदिनले बताए।

उनका अनुसार आगलागीबाट एक अर्ब इन्डोनेसियाली रुपैयाँ (करिब ६१ हजार अमेरिकी डलर) बराबरको क्षति भएको छ। यसैबीच, जटियासिहका प्रहरी प्रमुख सुरोतोले आगलागी हुँदा सबै पीडित गोदामको स्नानगृहमा फसेको बताए। पीडितहरू भवनबाट बाहिर निस्कन चाहन्थे तर आगो तीव्र रूपमा फैलिन थालेको र बाहिर निस्कने बाटो अवरुद्ध भएको उनले बताए। घटनाको अनुसन्धान जारी छ।
 

कमेन्ट लोड गर्नुस