सुदूर नेपाललाई विश्वसँग जोड्दै

कञ्चनपुरबाट झण्डै दुई लाखको अवैध सामान बरामद

२०८१ असार १९, ०६:०८ खबर संवाददाता

कञ्चनपुरः कञ्चनपुरबाट प्रहरीले अवैध सामान बरामद गरेको  छ।

इलाका प्रहरी कार्यालय गड्डाचौकीले अन्दाजी १ लाख १९ हजार ४५०, इलाका प्रहरी कार्यालय त्रिभुबनबस्तीले अन्दाजी १८ हजार ८५० मुल्य बराबरको भन्सार  छलिको सामान बरामद गरेको  छ। यस्तै प्रहरी चौकी झिलमिलाले अन्दाजी  ३५ हजार ६९० मुल्यको गरेर जम्मा १ लाख ७३ हजार ९९० मुल्य बराबरको भन्सार छलिको सामान बरामद गरेको छ।

बरामद गरेका कपडा, पेन्ट, तेल, मिश्री, चिनि, हाड वेयरका सामान लगाएत किरानाका सामान कारबाहीको लागि भन्सार कार्यालय पठाईएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ।
 

कमेन्ट लोड गर्नुस