सुदूर नेपाललाई विश्वसँग जोड्दै

सङ्खुवासभामा बाढीपहिरोबाट ४३ परिवार विस्थापित

२०८१ असार १९, ०१:५०

 

सङ्खुवासभाः। सङ्खुवासभामा बाढीपहिरोबाट ४३ परिवार विस्थापित भएका छन्। मनसुनी वर्षा सुरु भएयता हालसम्म बाढीपहिरोका कारण ४३ परिवार विस्थापित भएका छन्। भने २० गोठ भत्किएका छन्।

मनसुनजन्य प्रकोपबाट दुई जनाको मृत्यु हुनुका साथै ६ जना घाइते भएका छन्। सो अवधिमा बाढीपहिरोबाट ६ मोटरेवल पुलमा क्षति पुगेको छ। विस्थापितहरु आफन्तकहाँ आश्रय लिएर बसेका छन्

पहिरोले कोशी राजमार्ग अन्तर्गतका र ग्रामीण क्षेत्रका सडकका साथै विद्युत् आयोजनामा क्षति पुगेको प्रमुख जिल्ला अधिकारी धुब्रबहादुर खड्काले जानकारी दिए।

बाढीपहिरोबाट मकालु गाउँपालिका–२ सागसेवा र मूलगाउँमा २४ परिवार विस्थापित भएका छन्। बाढीपहिरोले खाँदबारी नगरपालिकामा खानेपानीको मुहान र विद्युत् पोलमा क्षति पुगेको छ।

बाढीपहिरोका कारण अन्नबाली लगाएको ठाउँ बगरमा परिणत भएको छ। जिल्लास्थित तीनवटै सुरक्षा निकायलाई खोज तथा उद्धार कार्यका लागि तयारी अवस्थामा राखिएका प्रमुख जिल्ला अधिकारी खड्काले बताए।

कमेन्ट लोड गर्नुस