सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलालीमा नदीमा बगेर एक किशोरी बेपत्ता

२०८१ असार १९, १२:४७ खबर संवाददाता

धनगढीः कैलालीको गौरीगङ्गाका नगरपालिका वडा नम्बर ११ कि एक किशोरी नदीमा बगेर बेपत्ता भएकी छन्।

बुधवार कान्तिपुर टोल र ऐँठा जोड्ने पुलबाट बगेर स्थानीय २० वर्षीया सुस्मिता चौधरी बेपत्ता भएकी हुन्। चौधरीलाई बिहान ९ बजे काठको पुल तर्ने क्रममा खोलाले बगाएको प्रहरीले जनाएको छ।खोलामा एक्कसी पानी बढ्दा चौधरीलाई बगाएको कैलाली प्रहरी प्रवक्ता कविन्द्रसिंह बोहराले बताए।

चौधरीको अहिले खोजी भइरहेको प्रहरीले जनाएको छ।
 

कमेन्ट लोड गर्नुस