सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलालीमा लागूऔषधसहित दुई जना पक्राउ 

२०८१ असार १९, ०८:२८ खबर संवाददाता

धनगढीः कैलालीमा लागूऔषधसहित दुई जना पक्राउ परेका छन्।

लम्कीचुहा नगरपालिका–३ चिसापनीबाट सोही ठाउँकी ३१ वर्षीया दिपा बिष्ट (साउँद) पक्राउ परेकी हुन्। दिपाको साथबाट ९ सय मिलिग्राम लागूऔषध (खैरो हेरोईन) बरामद गरि पक्राउ गरिएको इलाका प्रहरी कार्यालय चिसापानीले जनाएको छ।

यस्तै धनगढी उपमहानगरपालिका-१ अस्पताल लाईनबाट सोही ठाउँ वस्ने २४ वर्षीय पवन गुप्ता पक्राउ परेका छन्। गुप्ताको साथबाट ६६० मिलिग्राम लागूऔषध (खैरो हेरोईन) बरामद गरि पक्राउ गरिएको वडा प्रहरी कार्यालय धनगढीले जनाएको छ।

कमेन्ट लोड गर्नुस