सुदूर नेपाललाई विश्वसँग जोड्दै

बैतडीको एक गोठमा आगलागी 

२०८१ असार १९, ०८:०६ खबर संवाददाता

बैतडीः बैतडीको एक गोठमा आगलागी भएको छ। जिल्लाको सुर्नया गाउँपालिका–३ डुङ्ग्रीशका हिक्मत ऐरीको गोठमा बिजुलीको तार सर्ट भई मंगलवार आगलागी भएको हो।

आगलागी हुँदा गोठ भित्र रहेको एउटा खसिको मरेको छ भने काठ, खर लगायतका सामान गरी अन्दाजी १ लाख २० हजार मुल्य बराबरको धनमाल जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ। आगलागी स्थानिय र प्रहरीको सहयोगमा नियन्त्रणमा लिई सो सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ।
 

कमेन्ट लोड गर्नुस