सुदूर नेपाललाई विश्वसँग जोड्दै

सुदूरपश्चिममा नयाँ सरकार गठन गर्न काँग्रेस र एमालेको छलफल 

२०८१ असार १९, ०७:२४ खबर संवाददाता

धनगढी: नेपाली काँग्रेस र नेकपा एमालेले केन्द्रमा नयाँ सत्ता समीकरण गरेसँगै सुदूरपश्चिम प्रदेशमा पनि सरकार निर्माणका लागि पहिलो चरणको छलफल भएको छ।

नेपाली काँग्रेसका संसदीय दलका नेता कमलबहादुर शाह, प्रदेश सभा सदस्य प्रकाशबहादुर देउवा र एमाले संसदीय दलका नेता राजेन्द्रसिंह रावलबीच  मङ्गलवार महेन्द्रनगरमा छलफल छलफल भएको हो। छलफलमा सुदूरपश्चिम सरकारबाट एमालेका मन्त्री फिर्ता बोलाउने र नयाँ सरकार गठनको प्रक्रिया थालनी गर्ने विषयमा नेकपा एमालेका संसदीय दलका नेता रावलसँग छलफल भएको नेपाली काँग्रेसका प्रदेश सभा सदस्य प्रकाशबहादुर देउवाले बताए।

उनले छलफल केन्द्रमा बनेको नयाँ सत्ता समीकरणअनुसार सुदूरपश्चिममा पनि काँग्रेस र एमाले मिलेर सरकार गठन गर्ने विषयमा कुराकानी भएको बताए। केन्द्रमा भएको समझदारीअनुसार प्रदेशमा पनि सरकार गठनको प्रक्रिया थालिने भएको छ।

सुदूरश्चिम प्रदेशमा हाल नेकपा एमालेको समर्थनमा नेकपा एकीकृत समाजवादीले सरकारको नेतृत्व गरिरहेको छ । केन्द्रमा दुई दलबीच भएको सहमती अनुसार सुदूर पश्चिम प्रदेश सरकारको नेतृत्व नेपाली काँग्रेसले गर्नेछ।

कमेन्ट लोड गर्नुस