सुदूर नेपाललाई विश्वसँग जोड्दै

एसइईमा राम्रो नतिजा ल्याउने विद्यालयलाई सम्मान

२०८१ असार १९, ०७:१२ खबर संवाददाता

धनगढीः हालै प्रकाशित एसइईको नतिजामा धनगढीका सामुदायिक र संस्थागत विद्यालयहरूमध्ये सबैभन्दा बढी प्रतिशत विद्यार्थी उत्तीर्ण हुन सफल दस विद्यालयलाई सम्मान गरिएको छ।

धनगढी उपमहानगरपालिकाले मङ्गलवार एक कार्यक्रम राखेर राम्रो नतिजा ल्याउन सफल विद्यालयका प्रधानाध्यापकहरूलाई सम्मान गरेको हो। एसइईमा सामुदायिक विद्यालयतर्फ सबैभन्दा बढी प्रतिशत विद्यार्थी उत्तीर्ण भएको भन्दै सिद्धनाथ माध्यमिक विद्यालय, पञ्चोदय माध्यमिक विद्यालय, राष्ट्रिय तुलसीराम माध्यमिक विद्यालय र त्रिभुवन माध्यमिक विद्यालयलका प्रधानाध्यापकहरूलाई नगर प्रमुख गोपाल हमालले सम्मान गरेका हुन्।

एसइईमा सिद्धनाथबाट ६१ प्रतिशत, पञ्चोदयबाट ५९ प्रतिशत, बेहडाबाबाबाट ५३ प्रतिशत, राष्ट्रिय तुलसीराम माध्यमिक विद्यालयबाट ४० प्रतिशत र त्रिभुवन माध्यमिक विद्यालयबाट ३६ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका हुन्। यस्तै, संस्थागत विद्यालयतर्फ गुरूकुल एकेडेमी, मयुर बोर्डिङ्ग स्कुल, कैलाली विद्यानिकेतन,वाल्मीकि स्कुल, फूलबारी एकेडेमी  र मिलन बोर्डिङ्ग स्कुललाई सम्मान गरिएको छ।

सत्प्रतिशत विद्यार्थी उत्तीर्ण गराउन सफल गुरूकुल र मयुर बोर्डिङ स्कुल सहित ९७ प्रतिशत विद्यार्थी उत्तीर्ण गराउन सफल कैलाली विद्या निकेतन, ९५ प्रतिशत विद्यार्थी उत्तीर्ण गराउन सफल वाल्मीकि र फूलबारी एकेडेमी तथा ९४ प्रतिशत उत्तीर्ण गराएर उत्कृष्ट नतिजा ल्याउन सफल मिलन बोर्डिङ स्कुलका संस्थापक÷प्रिन्सिपलहरूलाई समेत सम्मान गरिएको धनगढी उपमहानगरपालिकाले जनाएको छ।

कमेन्ट लोड गर्नुस